Logo

अरुको ज्यान बचाउन खोज्दा रुसी मन्त्रीको मृत्यु



एजेन्सी, २३ भाद्र । रुसका एकजना मन्त्रीको अरुको ज्यान बचाउन खोज्दा मृत्यु भएको छ । रुसका आकस्मिक मामलामन्त्री एभगेनी जिनिचेभको युद्ध अभ्यासका क्रममा निधन भएको हो ।

रुसी आकस्मिक मामला मन्त्रालयले आरकटिक सिटीमा उनको निधन भएको जानकारी दिएको छ । इन्टर एजेन्सी अभ्यासका क्रममा उनको निधन भएको उल्लेख छ ।

सन् १९६६ मा लेनिनगार्डमा जन्मिएका जिनिचेभले राज्य सुरक्षा एजेनसीमा रहेर काम गर्दै आएका थिए । उनी प्रति आतंकवादी क्षेत्रमा समेत काम गरेका अनुभवी अधिकारी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot