Logo

एमसीसी उपाध्यक्षले सबैभन्दा पहिले ओलीलाई भेट्ने, मेरियटमा आरामः याक एन्ड यतिमा लञ्च



काठमाडौं, भदौ २४ । चार दिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ । उक्त टोली कतार एअरवेजमार्फत विहान ९ः२५ बजे काठमाडौं ओर्लिएको हो ।

अहिले नक्सालस्थित मेरियट होटलमा रहेको उक्त टोलीले सबैभन्दा पहिले प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको बताईएको छ ।

मेरिट होटलमा केहीबेर आराम गरेपछि टोली साढे १२ बजे कमलादीस्थित अमेरिकी राजदूतको निवास “कमलकुन्ज” जाने कार्यक्रम रहेको छ । राजदूतसँग केहीबेर भेटपछि एमसीसी उपाध्यक्ष सुमार र राजदूत रेण्डी बेरीको टोलीले एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटघाटको तयारी रहेको स्रोतले जनाएको छ ।

ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ । बालकोटको छलफल र भेटघाटपछि सुमार टोली साढे २ बजे लञ्चका लागि होटल याक एण्ड यति पुग्नेछ । त्यहाँसमेत भेट्घाट कार्यक्रमल निरन्तरता पाउँने जनाईएको छ ।-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot