Logo

विश्वकपको युरोपेली छनोटमा स्पेनको जित



एजेन्सी, २४ भदौ । विश्वकपको युरोपेली छनोटमा स्पेनले जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई २–० ले हराएको हो । पाब्लो फोर्नाल्सले खेलको ३२औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अघि बढाएका थिए । पाब्लोले डेब्यु खेलमै गोल गरेका हुन् ।

त्यस्तै फेरान टोरेसले स्पेनको अग्रतालाई दोब्बर बनाउने काम गरे । स्पेन १३ अंकसहित समुह ‘बी’को शीर्ष स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्