Logo

इङ्ल्याण्ड र पोल्याण्ड बराबरीमा रोकिए



एजेन्सी, २४ भदौ । विश्वकपको युरोपियन छनोट खेलमा इङ्ल्याण्ड र पोल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।बुधबार राति भएको खेलमा पोल्याण्डले खेलको अन्तिम समयमा गोल फर्काउदै इङ्ल्याण्डसँग बराबरी गर्न सफल भएको हो ।

खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै पोल्याण्डलाई अघि बढाएका थिए ।त्यस्तै खेलको इन्जुरी समयमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेमियन स्जिमास्कीले बराबरी गोल फर्काए ।
इङ्ल्याण्डको टिमले पोल्याण्डलाई खेल अवधिभर दबाबमा राखेको थियो । तर, खेलको अन्तिम समय सम्हालिन नसक्दा इङ्ल्याण्डले अंक बाड्न बाध्य भयो ।इङ्ल्याण्ड समूह आइ को शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्