Logo

एमसीसी उपाध्यक्ष फतिमा काठमाडौं आइपुग्दा जे देखियो(फोटोफिचर)



काठमाडौं, २४  भदौ । चारदिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ । उक्त टोली कतार एअरवेजमार्फत विहान ९ः२५ बजे काठमाडौं ओर्लिएको हो ।नेपाल भ्रमणका क्रममा उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, जलस्रोत मन्त्री पम्फा भुसाल लगायतसंग भेट गर्ने कार्यक्रम रहेको छ।

एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय एमसीसी बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलो पटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको हो ।

अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थमन्त्रालयबीच सम्झौता भएको हो । अमेरिकी सरकारबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपाललाई प्रदान गरिने ५० करोड अमेरिकी डलर अनुदान सहयोगबारे नेपाल सरकारबाट सोधिएका प्रश्नको जवाफसमेत एमसीसीले जवाफ दिईसकेको छ ।

अर्थमन्त्रालयमार्फत सोधिएका एकीकृत स्पष्टीकरण प्रश्नमा नेपालस्थित अमेरिकी दूतावासमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसनका जवाफ शीर्षकमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा दिइएको हो ।

एमसीसीका उपाध्यक्ष फातेमा जेङ सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरी प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई बोधार्थ दिइएको जवाफमा सरकारले सोधेका सबै ११ प्रश्नको बुँदागत जवाफ दिइएको छ ।

सरकारले अर्थमन्त्रालयको तर्फबाट गत साता पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरूबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो ।

Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्