Logo

महिला अधिकारवादीको समाचार सम्प्रेषण गर्ने दुई पत्रकारलाई तालिवानले निर्ममतापूर्वक कुटे



एजेन्सी, २४ भदौ । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ दैनिक जस्तो महिला अधिकारवादीहरुले आफ्नो हक अधिकार सुनिश्चीत गर्ने प्रदर्शन गरिरहेको छ । उक्त प्रदर्शनलाई लिएर समाचार सम्प्रेषण गर्ने दुई अफगानी प्रत्रकारलाई तालिवानले निर्ममता पूर्वक चार घण्टा कुटेका छन् ।

उनीहरुलाई मंगलबार निर्ममता पूर्वक चार घण्टा सम्म यातना भोगका थिए । ताकी दरयाबी र नेमत नाक्दी नाम गरेका दुई पत्रकारले उक्त प्रदर्शनको कभरेज गरेको कारण उनीहरुलाई निर्ममता पूर्वक तालिवानको सुरक्षा फोर्सले कुटेका हुन् । उनीहरुलाई तालिवानले प्रहरी चौकी लगि दुवै जनालाई फरक कारागारमा राखी निर्ममता पूर्वक कुटेका थिए ।

उनीहरुलाई सेप्टेम्बर ८ मा रिहा गरिएको थियो । उनीहरु अहिले उपचाररत अवस्थामा रखेको छन् । उनीहरुलाई करिब चार घण्टा कुटिएको र यातना खेपेको उक्त पत्रिकाका सम्दाकले जनाएका छन् ।

Photo Source: The Indian Express



प्रतिक्रिया दिनुहोस्