Logo

केपी ओलीको बारेमा मेटमणि चौधरी र रामबीर मानन्धरबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २४ भादै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले गृहमन्त्रीले दुई टिप मान्छे बोलाएर राजनितीक दल सम्बन्धी अध्यादेश पेश गरेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग यस्तो बताएका हुन् । साथै, नेता मानन्धरले सर्वोच्चले नै माधव नेपालसहित १४ जना सांसदलाई गैरसांसद भनेको हुँदा उनीहरु सांसद नै नरहेको बताए ।

त्यस्तै, कार्यक्रममै नेकपा (एकीकृत समाजवादी पार्टी)का नेता तथा सांसद मेटमणी चौधरीले केपी ओलीले कुन संविधानको कुन धाराको कुन उपधारामा टेकेर आफुहरुलाई गैरसांसद भनेको भन्दै प्रश्न गरे । उनले हिजो संसद्मा जसले रोष्ट्रम घेराउ गरे उनीहरुमा सांसद् बन्ने ल्याकत नभएको पनि टिप्पणी गरे ।

उनले संसद् बैठक अवरुद्ध गर्ने एमाले सांसदहरुमा नैतिक हक र अधिकार नभएको र त्यही भएर संसद् चल्न नदिएको आरोप लगाए । उनले केपी ओली र उनको कम्पनीले एमाले फुटाको पनि आरोप लगाए । उनले भने,‘केपी ओली र विद्या भण्डारीले चाहीँ संविधान नमान्ने अनि अरुले मात्र संविधान मान्दिनुपर्ने ? माधव कुमार नेपाल यो देशमा नभएको भए अफगानिस्तानको घट्ना नेपाल घट्ने थियो’ । उनले ओलीमा आफु बाँच्दासम्म तानाशाह शासक बन्ने विचार रहेको पनि टिप्पणी गरे ।

 



प्रतिक्रिया दिनुहोस्