Logo

विश्वप्रकाशद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा



काठमाडौं, २४ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर प्रवक्ता शर्माले आसन्न १४औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेका हुन् । यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् । त्यस्तै, यसपटक

बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।



प्रतिक्रिया दिनुहोस्