Logo

चीनले अफगानिस्तानलाई तीन करोड दश लाख अमेरिकी डलर साथै ३० लाख डोज खोप सहयोग गर्ने



एजेन्सी, २४ भदौ । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख अमेरिकी डलरको सहयोग प्रस्ताव गरेको छ  । चीनले कोरोना भाइरसविरुद्धको खोपसहित खाद्यान्नसमेत सहयोग गर्ने प्रस्ताव गरेको हो ।

तालिबानको नव–गठित सरकार सत्तामा आएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको बताइएको छ । चीनले यसअघि पनि अफगानिस्तानको नव–गठीत सरकारसँग वार्ता गर्न तयार रहेको घोषणा गरीसकेको छ ।

चिनियाँ विदेशमन्त्रालयले बुधबार पाकिस्तान, उज्बेकिस्तान, इरान, तुर्केमेनिस्तानका र ताजकिस्तानका प्रतिनिधिसँग अफगानिस्तानलाई सहयोगमा सहकार्य गर्न छलफल गर्ने क्रममा सहयोगको घोषणा गरेका हुन् । चिनियाँ विदशमन्त्रालयले अफगानिस्तानलाई ३० लाख डोज खोप दिने पनि बताएको छ ।

तालिवानले अफगानिस्तानलाई इस्लामिक इमिरेट्स घोषणा गर्दै हालै मात्र अन्तरिम सरकार गठन गरेको थियो । तालिवानले गएको अगस्ट १५ मा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो । उता अमेरिकाले तालिवान सरकारलाई मान्यता दिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिवान सरकारलाई मान्यता दिन अझै उनीहरुको गतिविधि हेर्नुपर्ने र त्यसका लागि लामो समय लाग्ने बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्