Logo

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना



बागमती, २४ भदौ: हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।

तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वको रुपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु भनिएको छ । “तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निमार्णतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गरेकी छिन् ।

यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गरेकी छिन् । शुभकामनामा सन्देशमा उनले हिन्दु महिलाको धार्मिक पर्व हरितालिका तीज नेपाली आमा दिदी वहिनीका लागि महत्वपूर्ण रहिआएको बताएकी छिन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्