Logo

पूरानो बानेश्वरको ‘मातृका आई सेन्टर’ मा राखिएको शंकास्पद वस्त बम नभएको पुष्टि (फोटोफिचर)



काठमाडौं, २४ भदो । काठमाडौंको पुरानो बानेश्वरस्थित ‘मातृका आई सेन्टर’ मा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। उक्त सेन्टरमा शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा जाँच गर्दा बम नभएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो। सो वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएकाले ती व्यक्तिहरुको प्रहरीले अहिले पहिचान गरिरहेको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्