Logo

पशुपतिनाथमा तीजको रौनक (फोटोफिचर)



काठमाडौं, २४ भदौ । आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज मनाईँदैछ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुईँचो छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

हेरौं पशुपतिनाथ मन्दिरमा देखिएको तीजको रौनक :

 



प्रतिक्रिया दिनुहोस्