Logo

फेसबुक र रेबनले स्मार्ट ग्लास सार्वजनिक गर्दै, दुई साइडमा क्यामेरा



एजेन्सी, २४ भदौ । फेसबुक र रेबनको सहकार्यमा निर्माण गरिएको स्मार्ट ग्लास आज साँझ सार्वजनिक हुँदै छ ।‘इभिलिक्स’ नामक ट्वीटर प्रयोगकर्ताले फेसबुक र रेबनका स्मार्ट ग्लासका विभिन्न लाइनअप बाहिर ल्याएका छन् ।

ग्लासको बाहिरी कभरमा रेबन र फेसबुक दुबैको लोगो प्रयोग गरिएको देख्न सकिन्छ । तर, ग्लासमा भने रेबनको लोगो मात्र प्रयोग गरिएको छ । उक्त ग्लासको नाम ‘रेबन स्टोरिज’ दिइएको छ ।
‘इभिलिक्स’ले सार्वजनिक गरेको जानकारी अनुसार ग्लासमा तीन विभिन्न फ्रेममा आउने छ ।

साथै ग्लासको प्रमुख विशेषता भनेको दुई साइडमा क्यामेरा रहेको छ । फेसबुकका मालिक मार्क जुकरबर्गले केही समय अघी चाँडै रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्