Logo

एमसीसी उपाध्यक्ष सुमार भेटवार्तामा सक्रिय, अहिले ओली निवास बालकोटमा



काठमाडौं, २४ भदौ । चार दिने नेपाल भ्रमणमा आजमात्रै काठमाडौं ओर्लिएकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमार राजनीतिक भेटवार्तामा सक्रिय भएकी छिन् । काठमाडौं ओर्लिनेबित्तिकै केहीबेर आराम गरेर लञ्च गरेपछि उनी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न ओलीको निवास बालकोट पुगेकी छिन् ।

भेटवार्तामा उनीसँगै नेपाल आएका एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छिन् । त्यस्तै, एमालेबाट अध्यक्ष ओलीसँगै विदेश विभाग प्रमुख डा. राजन भट्टराई र नेता विष्णु रिमाल सहभागी छिन् । सुमारले भोलिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्