Logo

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छुट्टै वार्ता



काठमाडौं, २४ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रचण्डको पहलमा तीन नेताबीच भेटवार्ता भएको हो ।

हात्तिवनस्थित् एक अपार्टमेन्टमा तीन नेताबीच एमसीसी र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । खासमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउनको लागि गृहकार्य थालेपछि गठबन्धनमा आवद्ध यी तीन दलका नेताहरु छुट्टै छलफलमा जुटेका हुन् ।

उता, सरकारलाई पूर्णता दिने विषयमा पनि गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी मन्त्रालयमा भागबण्डा नमिल्दा प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरेका छन् । आजमात्रै एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छिन् । काठमाडौंमा ओर्लिने बित्तिकै सुमारले राजनीतिक भेटवार्तालाई तिव्रता दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्