Logo

नर्थ मेसेडोनियाको कोभिड अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु



एजेन्सी, २४ भदौ । नर्थ मेसेडोनियाको एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।अक्सिजनका सिलेन्डरहरु पड्किएर आगो लागेपछि तिब्र गतिमा फैलिएको प्रारम्भिक अनुमान गरिएको छ ।

अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन् ।स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन् । आगलागी हुनुलाई दुःखद् घटना भन्दै घाइतेहरुको उपचारमा लागिरहेको बताएका छन् ।

तेभोतो शहरमा रहेको उक्त अस्पतालमा लागेको आगो एक घण्टाभित्रै नियन्त्रणमा लिइएको थियो । नर्थ मेसेडोनियामा अहिले सम्म ६ हजार भन्दा बढीको कोभिड–१९ कारण मृत्यु भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्