Logo

एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सम्पन्न, के कुरा भयो ? (भिडिओसहित)



काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आजमात्रै काठमाडौं आईपुगेकी सुमारले पहिलो राजनीतिक भेटवार्ता भने ओलीबाट सुरु गरेकी हुन् ।

भेटवार्तामा सहभागी एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसी अघि बढाउने विषयमा सत्ता पक्षले अहिलेसम्म आफूहरुसँग कुनै छलफल नै नगरेको स्पष्ट पारे । यद्धपी यो विषय आफूहरुले सुमारसँगको भेटवार्तामा भने नउठाएको उनको भनाई थियो । भेटवार्ताको क्रममा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्