Logo

पैसाको अभावमा भोजपुरका ९ वर्षीय बालक तामाङको उपचार समस्या



काठमाडौं, २४ भाद्र । पैसाको अभाव हुँदा भोजपुर च्याङ्ग्रेका ९ वर्षीय बालक निप्सन तामाङको उपचारमा समस्या भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थायी घर भइ अहिले कान्ति बाल अस्पतालमा उपचाररत तामाङको उपचारमा आर्थिक समस्या भएपछि परिवारका सदस्यहरू हारगुहार गर्न थालेका छन् ।

बिरामीका बुबा निर्मल तामाङले अहिलेसम्म रिन पान र आफन्तको सहयोगमा उपचार गराइरहेको अब भने धान्ने अवस्था नरहेकाले सहयोगको अपिल गरिएको बताए । कान्ति बाल अस्पतालको सर्जिकल वार्डको बेड नम्बर १९६ राखेर उपचार गराइरहेको बिरामीका बुबा तामाङले जानकारी दिए ।

९ वर्षीय बालक निप्सनको आन्द्रा च्यातिएको र पित्तथैली फुटेका कारणले गर्दा भदौ ३ गते अपरेशन गरिएको हो । सहयोगका लागि निप्सनका बुबा निर्मलको मोबाइल नम्बर ९८१८५८१८५१ र आमा उषा राईको मोबाइल ९८०७०६९०१४ सम्पर्क गर्न सकिन्छ । एनएनबी बैंक बबरमहल शाखाको खाता नम्बर ००१०१६४५८२३०००१५ मार्फतसमेत सहयोग उपलब्ध गराउन सकिने तामाङले बताए ।



प्रतिक्रिया दिनुहोस्