Logo

प्रधानसेनापति शर्माको शिक्षा एमफिल, तालिम भारत, अमेरिका, पाकिस्तानलगायत मुलुकमा



काठमाडौं, २४ भाद्र । प्रधानसेनापति प्रभुराम शर्माले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट र्दज्यानी चिन्ह प्राप्त गरेका छन् । शितलनिवासमा आयोजित विशेष समारोहमा उनले नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ समेत लिएका छन् ।

नेपाली सेनाका ४४औं प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरषा तथा बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए । संयुक्तराष्ट्रसंघको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर, भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्