Logo

साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट



काठमाडौं, २४ भदौ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ ।

आज अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत्, जीवन बिमा, लगानी र व्यापार उपसूचक भने बढेको छ । जलविद्युत् उपसूचक १.९१ प्रतिशत, जीवन बिमा उपसूचक ०.३७ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र व्यापार उपसूचकमा ०.०२ प्रतिशतको समान्य वृद्धि भएको छ ।

वित्त कम्पनी उपसूचकमा सर्वाधिक १.२८ प्रतिशत, अन्य उपसूचकमा १.१९ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि ०.११ प्रतिशतको गिरावट भएको छ । यही भदौ २ गते ३१९९.०३ अंकमा पुगेको नेप्से त्यसयता उतार–चढावबीच लगातार घटेको छ ।

सेयर बजारमा यो साता निकै उतारचढाप देखीएको थियो । तर आज भने नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट भएको हो ।नेप्सेसँगै पछिल्लो दिनमा कारोबार रकम पनि घट्दै गएको छ । आज सात अर्बको मात्रै कारोबार भएको छ । आज हिमालयन पावर पार्टनर लिमिटेड र सानिमा लाइफ इन्सोरेन्स लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्