Logo

क्रिप्टोकरेन्सीको कारोबार गर्नेमाथि कारबाही हुने



काठमाडौं, २४ भाद्र । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै कारोबार नगर्न सचेत गराएको छ । आज सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गरेको या गराइएको पाइएमा कडा सजाय हुने चेतावनी समेत दिएको छ ।

राष्ट्र बैंकले पछिल्लो दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग उत्पादन जस्ता कार्यमा प्रोत्साहन गर्ने, गराउने समेत पाइएको भन्दै ठगिन सक्नेमा सचेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस्