Logo

नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेल शुरु



काठमाडौं, २४ भदौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेश बीचको खेल ५ बजे बाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो ।
नेपाली महिला टिमले घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेका हुन् ।

एन्फाले नेपाल र बंगलादेश बिच हुने मैत्रीपूर्ण खेलका लागी सुरुवाती–११ सार्वजनिक गरेको छ । जसमा गोलरक्षकमा अन्जना राना मगर र उशा नाथ रहेका छन् । साथै टोलीमा अनिता बस्नेत ,अनिता केसी, बिमला वि.के, दिपा राई, इन्दिरा राई, निशा ठोकर, रजनी ठोकर ,रस्मी घिसीङ र सृजना सिहं रहेका छन् ।

साथै नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्न लागेको हो ।एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपी तर्फको टिकट ५ सय रहेको छ भने सामान्य तर्फको टिकट दर २ सय तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्