Logo

बंगलादेश विरुद्धको महिला मैत्रीपूर्ण खेलमा नेपाललाई एक गोलको अग्रता



काठमाडौं, २४ भदौ । नेपालले बंगलादेश विरुद्धको खेलमा १ गोलको अग्रता लिएको छ । खेलको १३औ मिनेटमा नेपालको तर्फबाट डेब्यु खेलमै सविता सानाले हेडरमार्फत गोल गरेकी छिन् ।नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र बंगलादेश बिचको खेल ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो ।नेपाली महिला टिमले घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेका हुन् ।साथै नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस्