Logo

दोभाल भेटेर पाकिस्तान पुगेका सीआइए प्रमुख बर्नसले भेटे सेनापति जाभेद



एजेन्सी, २४ भाद्र । अमेरिकाको गुप्तचर एजेन्सी सीआइएकाका निर्देशक विलियम जोसेफ बर्नस भारत हुँदै पाकिस्तान पुगेका छन् । उनले त्यहाँ पाकिस्तानका सेनापति जनरल कमार जाभेद वाजवासँग भेटवार्ता गरेका छन् ।

बर्नसले पाकिस्तानको गुप्तचर एजेन्सी आएसआइका प्रमुख जनरल फैज हमिदसँग पनि भेटवार्ता गरेका छन् । पाकिस्तान आर्म फोर्सले ट्वीटरमा भेटबारे जानकारी दिएको हो ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकी गुप्तचर प्रमुख बर्नस दक्षिण एशियाका शक्तिशाली देशका अधिकारीहरुलाई भेट्न पुगेका हुन् । अफगानिस्तानमा २० वर्षपछि अमेरिकी फौज फिर्ता भएको छ । त्यसअघि नै तालिवानले नियन्त्रण कायम गरेको थियो ।

तालिवानप्रति अमेरिकाको नीति कडा छ । तर, पाकिस्तानले तालिवानलाई साथ दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्