Logo

छोराको तस्विर सेयर गर्दै ऋचाले भनिन्–छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ



काठमाडौँ, २४ भदौ । चर्चित नायिका ऋचा शर्माले आफ्नो छोरालाई छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ रहेको बताएकी छिन् ।

भर्खरै आमा बनेकी ऋचाले सामाजिक सञ्जालमार्फत छोराको सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । उनले चलचित्रमा धेरै पटक पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र निर्वाह गरेको अनुभुति भएको समेत उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्-

‘आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।



प्रतिक्रिया दिनुहोस्