Logo

फोर्डको प्लान्ट भारतमा बन्द हुँदै, नेपालमा असर पर्ने



काठमाडौं, २५ भाद्र । अमेरिकी गाडी उत्पादक कम्पनी फोर्डले भारतमा उत्पादन बन्द गर्ने भएको छ । उसले भारतमा रहेका दुईवटा प्लान्ट नै बन्द गर्ने निर्णय लिएको छ ।

फोर्डले विज्ञप्ति जारी गरी प्लान्ट बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । सन् २०२२ को अन्ततिर फोर्डले प्लान्ट बन्द गर्ने उल्लेख छ ।

फोर्ड गाडीको नेपालमा माग बढिरहँदा भारतमा प्लान्ट बन्द हुँदा असर पर्ने देखिएको छ । नेपालमा फोर्ड खरिद गरेकाहरु चिन्तित हुनुपर्ने देखिएको छ । भारतमा उत्पादन बन्द हुनलागेपछि पुनः विक्रीको मूल्य नआउन सक्ने देखिएको छ ।

फोर्डले पुराना गाडीको भने पाटपुर्जा उत्पादन गर्ने जनाएको छ । भारतको गुजरात र तालिम नाडुमा फोर्डको प्लान्ट छ । त्यहाँ हजारौंले रोजगारी पाएका छन् । फोर्डले एक दशकमा २ अर्ब डलर घाटा खाएको र गाडीको माग समेत घटेको कारण देखाउँदै बन्द गर्ने निर्णय लिएको उल्लेख छ । फोर्डले २५ वर्षयता भारतमा कार उत्पादन गर्दै आएको छ ।

यसअघि जनरल मोर्टर्सले सन् २०१७ मा भारतमा प्लान्ट बन्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्