Logo

सत्तारूढ गठबन्धनको बैठक सकियो, दुई दिन भित्रै मन्त्रीपरिषद् विस्तार हुँने



काठमाडौं, भदौ २५ । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बैठकमा दुई दिन भित्रै मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समझदारी बनेको छ।

बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित रहेर छलफल गरेको जनाईएको छ ।

गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा सहभागी रहेका थिए ।

स्रोतका अनुसार उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot