Logo

एमसीसी उपाध्यक्ष फतिमाको दौडधूप, विहानै प्रचण्डसँग भेटवार्ता



काठमाडौं, २५ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख दलका शिर्ष नेताहरुसँग आज पनि भेटघाटमा छिन् । उनले विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको बुझिएको छ । फतिमाले एमसीसीबारे नेपालका नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरिरहेकी छिन् ।

यसअघि फतिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छिन् । फतिमा बिहिबार नेपाल भ्रमणमा आएकी हुन् । –File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot