Logo

युएस ओपनमा उपाधिका लागि दुई किशोरीबीच प्रतिष्पर्धा हुने, राडुकानुले रचिन् इतिहास



एजेन्सी, २५ भाद्र । टेनिस इतिहासको मुख्य प्रतिष्पर्धामा पहिलोपटक कुनै क्वालिफायर फाइलनमा प्रवेश गरेका थिएनन् । तर, यसपटक युएस ओपनमा किर्तिमान बनेको छ ।

बेलायतकी १८ वर्षीया किशोरी एम्मा राडुकानु यु एस ओपनमा क्वालिफायरका रुपमा प्रवेश पाएकी थिइन् । तर, उनले हस्ती खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी छिन् । उनले सेमिफाइनलमा ग्रिसकी मारिया साकारिलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरिन् ।

राडुकानुले क्यानडाकी किशोरी लिइला फर्नान्डेजसँग उपाधिको भिडन्त गर्नेछिन् । युएस ओपनमा दुई किशोरीको रोचक भिडन्त हुने भएको छ ।

सन् १९९९ यता पहिलोपटक युएस ओपनमा दुई किशोरीबीच उपाधिको भिडन्त हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्