Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई शिर्ष नेताबिच भेटवार्ता भएको हो ।

उक्त वार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीकाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि उपस्थित थिए । उनीहरुविच १ घन्टा लामो भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार र एमसिसीको बारेमा महत्वपुर्ण छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्