Logo

नेपालगञ्जको युनिभरसल ट्रेडस बन्यो ‘लुमिनस डिलर अफ दि मन्थ’



काठमाडौं, २५ भदौ । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले युनिभरसल ट्रेडसलाई अगस्त महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ । आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । अगस्त महिनामा उक्त स्थान हासिल गर्न नेपालगञ्ज स्थित युनिभरसल ट्रेडसका संचालक अरुण थापा सफल भएका छन् ।

संचालक थापाले आफु लुमिनस ब्रान्ड र अमट्रेड प्रालि सँग आबद्ध हुनपाउँदा आफुले गौरवान्वित महसुस गरेर्को र लुमिनस ब्राण्डको पावर ब्याकअप र सोलार सोलुसनको गुणस्तर मात्र नभई अमट्रेड प्रालिले आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने बिक्रीपश्चातका उत्कृष्ट सेवासुविधा र गतिविधीहरुले गर्दा नै उनीहरु र उनीहरुजस्तै व्यवसायीहरुलाई व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुगेको पनि बताएका छन् ।

साथै थापाले आफ्नो सबडिलरहरुलाई पनि धन्यवाद प्रकट गर्दै अमट्रेडले सबडिलरहरुको निमित्त सन २०२१ मा ल्याएको योजना – लुमिनस शक्ति कार्यक्रममा सहभागी भई लाभ उठाउन सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्