Logo

साफ च्याम्पियनसिपको तयारीको लागि राष्ट्रिय फुटबल टोली कतार जाँदै



काठमाडौं, २५ भदौ । नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछन् ।साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली कतार जान लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै टोलीलाई बिदाइ गरेको थियो । टोलीहरु बिहान ११ः१५ बजे कतार प्रस्थान गर्नेछन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टोली कतारमा प्रशिक्षण गर्नेछन् ।नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ । नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।-Photo Source: ANFA/Facebook



प्रतिक्रिया दिनुहोस्