Logo

विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिलको जित



काठमाडौं, २५ भदौ । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरु माथि जित निकालेको छ । शुक्रबार बिहान पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार आठौं जित निकालेको हो ।
खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभरटनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।

यस जितसँगै ब्राजिलले ८ खेलमा २४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्