Logo

अफगानिस्तानको स्थितीले क्षेत्रीय र विश्वव्यापी सुरक्षा स्पष्ट छैन् : पुटिन



एजेन्सी, २५ भदौ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानको अहिलेको अवस्थाले क्षेत्रीय र विश्वव्यापी सुरक्षामा कस्तो असर पर्ने विषय स्पष्ट नरहेको बताएका छन् । उनले ब्रिक्सको अनलाई बैठकमा बिहीबार यस्तो बताएका हुन् ।

पुटिनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएपछि त्यहाँको नयाँ संकट सिर्जना भएको छ । यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षामा कस्तो असर पार्छ भन्ने विषय प्रष्ट हुन सकेको छैन् । ब्रिक्सका सदस्यहरुलाई अफगास्नितान मामलालाई नजिकबाट नियाल्नु पर्नेछ । अफगानिस्तानमा स्थायित्व कायम गर्न गम्भीर भएका लाग्नु पर्छ । त्यहाँको जनताका हक अधिकारलाई समेत सुरक्षीत गर्नुपर्ने छ । त्यहाँका नागरिकहरुले दशकौँ देखि युद्ध हेरिरहेका छन् । त्यस क्षेत्रमा शन्ति आवश्यक छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्