Logo

राष्ट्रिय फुटबल टोली कतार प्रस्थान



काठमाडौं, २५ भदौ । नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली बिहान ११ः१५ मा कतार एयरलाइन्सको जहाजमा कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।एन्फाले बिहीबार नै टोलीलाई बिदाइ गरेको थियो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टोली कतारमा प्रशिक्षण गर्ने छन् ।

नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ । नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन् ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।-Photo



प्रतिक्रिया दिनुहोस्