Logo

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित



काठमाडौं, २५ भदौ । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाएका थिए ।त्यसपछि खेलको ८८औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।

यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोड्दा तालिकाको दोस्रो स्थानमा रहेको छ । साथै, बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्