Logo

संसद बैठक सुरु भएलगत्तै एमालेको अवरोध



काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् ।

नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् ।

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर गर्न सभामुख सापकोटालाई दबाब दिई सदन अवरुद्ध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्