Logo

बक्सिङ रिङमा बाइडेनलाई एक सेकेण्ड मै ढाल्न सक्छु : ट्रम्प



एजेन्सी, २५ भदौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई बक्सिङ रिङमा एक सेकेण्ड मै ढाल्न सक्ने बताएका छन् । बक्सिङ खेलको पत्रकार सम्मेलनको क्रममा पूर्व राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । उनले भनेको विषय तत्काल सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यमले इन्डियन एक्सप्रेसले लेखेको छ,‘मेरो विचारमा जो बाइडेनसित मेरो सहज प्रतिस्पर्धा हुनसक्छ । उनलाई म एक सेकेण्ड मै रिङमा ढाल्न सक्छु ।’



प्रतिक्रिया दिनुहोस्