Logo

सभामुखले एमाले सांसदलाई सम्झाएको संविधानको धारा १०५ मा के छ ?



काठमाडौं, २५ भदौ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ ।

सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले अहिले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । यहीक्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ स्मरण गराइरहेका छन् । यसअघि भदौ २३ गते बसेको बैठकमा पनि सभामुखले एमाले सांसदहरुलाई यही धारा सम्झाएका थिए ।

नेपालको संविधानको धारा १०५ मा लेखिएको छ-“नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु-याएको मानिने छैन ।” Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot