Logo

रासीदले राजीनामा दिएपछि अफगानिस्तानको कप्तानी मोहमद नाबीले समाल्ने



काठमाडौं, २५ भदौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानका कप्तान रासीद खानले राजीनामा दिएपछि मोहम्मद नाबीले कप्तानी समाल्ने भएका छन् ।अफगानिस्तानले टिम घोषणा गरेको केहि समयपछि कप्तान रासिद खानले पदबाट राजीनामा दिएका थिए ।

अफगानिस्तानले विश्वकपमा अलराउण्डर नाबीले कप्तानी गर्ने जनाएको छ ।युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । विश्वकपमा अफगानिस्तान समूह बी मा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्