Logo

दुई दशकदेखि लुकेर बसेकी चिनियाँ महिला सिरियल किलरलाई मृत्युदण्ड



एजेन्सी, २५ भदौ । लाओ राङझी नाम गरेको एक महिला सिरियल किलरलाई चिनियाँ कोर्टले मृत्यृदण्डको फैसला सुनाएको छ । उनलाई कोर्टले बिहीबार सात मानिसको हत्या र अन्य अपराधमा संलग्न रहेको आरोपमा मृत्युदण्ड तोेकेको हो ।

उनलाई दुई दशकदेखि चिनियाँ प्रहरी नियन्त्रणमा लिन प्रयास गरिरहेको थियो । तर, उनी लामो समयसम्म पनि प्रहरी नियन्त्रणमा आउन सकेकी थिइनन् । सन् १९९६ देखि १९९९ सम्ममा उनी अपहरण, चोरी, मर्डर जस्ता घटनामा संलग्न रहेकी थिइन् । उनी आफ्ना सहयोगी पार्टनरको मद्दतले अपराधलाई अन्जाम दिने गर्थिन् ।

उनलाई अनहुई प्रान्तको कोर्टले मृत्युदण्डको सजाय सुनाएपनि उनी फेक परिचयपत्रको नाममा लुकेर बसेकी थिइन् । उनी करिब २० वर्षसम्म अपराध गरि लुक्न सफल भएकी थिइन् । उनलाई पनि चिनियाँ कोर्टले आफ्नो भनाई राख्न अनुमति दिएका थियो । अपराध पुष्टि भएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको हो ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्