Logo

नेप्सेमा सामान्य अंकको गिरावट



काठमाडौं, २५ भदौ । साताको कारोबारको अन्तिम दिन बिहीबार (हिजो) नेप्से सामान्य अंकले घटेको छ । नेप्सेमा  बिहीबार ० दशमलव ६२ अंकले घटेर २८ सय ७५ दशमलव ९७ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले घटेर ५३५ दशमलव २९ विन्दुमा कायम भएको छ ।

नेप्सेको अनुसार बिहीबार २३० कम्पनीको ७२ हजार ८ सय ५८ पटक शेयर कारोबार भएरु ७ अर्ब ५० हजार ७ सय ७० रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्