Logo

दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ



पर्सा, २५ भदौ । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पर्सागढी नगरपालिका–५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतको २०७५ भदौ १५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र १ करोड २५ लाख रूपैयाँ जरिवाना भई फरार रहेका मिश्रलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले पर्सागढी नगरपालिका–२ बागवानाबाट फेला पारी पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका मिश्रलाई पर्सा जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्