Logo

साधना लघुवित्तको सिइओमा न्यौपाने



काठमाडौं, २५ भदौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) रेशम न्यौपानेलाई पुनः नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने भएको हो ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गतेसम्म सकिने भएकोले अब आगामी असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि कम्पनीले नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्