Logo

फातिमा र उर्जामन्त्री भुसालबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, २४ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा शुक्रबार भेटवार्ता भएको हो ।

उनीसँगै अमेरिकी राजदूत र्‍याडी बेरी, एमसीसी सहअध्यक्ष जनाथन ब्रुक्स पनि भेटमा सहभागी छन् । भेटमा एमसीसी सम्झौताका विषयमा छलफल भइरहेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमसीसीका विषयमा छलफलका लागि नेपाल आएकी छिन्। उनले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटघाट गरिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्