Logo

पीएनजी विरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन



काठमाडौं, २५ भदौ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले सुरुवातमा ब्याटिङ्ग गर्ने भएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

त्यस्तै नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आज शरद भेष्वाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिएर विनोद भण्डारी, शुशन भारी र करण केसीलाई मौका दिइएको छ ।
पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो । दुई खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । आजको खेलमा जित निकालेर सिरीज आफ्नो हातमा पार्ने योजनामा नेपाल रहेको छ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्