Logo

संवैधानिक राजसंस्था सहितको हिन्दुराजसंस्था हुनुपर्ने राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनको माग



काठमाडौं, २५ भदौ । संवैधानिक राजसंस्था सहितको हिन्दुराजसंस्था स–सम्मान फिर्ता गर्न राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनले माग गरेको छ । संवैधानिक राजसंस्था, प्रजातन्त्र र सनातन हिन्दुअधिराज्य नै मुलुक सुहाउँदो वैकल्पिक राजनैतिक अवधारणा भएको भन्दै राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एकताका प्रतिक राजसंस्था, राष्ट्रिय सेना र नागरिक बल नै अबको वैकल्पिक शक्ति भएको बताएको हो ।

राजनीतिमा अपराधीकरण तथा राज्य संयन्त्रहरुमा अनावश्यक राजनीतिकरणले मुलुक आक्रान्त बनेको भन्दै निषेधको राजनीति, अनौठो राजनीतिक गठवन्धन, नीतिगत चरम भ्रष्टाचार तीन दशकको मूल्यहीन राजनीतिको उपज भएको आन्दोलनले ठहर गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली नागरिक अभियान तथा राष्ट्रवादी प्रजातान्त्रीक आन्दोलनका अध्यक्ष ठाकुर मोहन श्रेष्ठले नेपालको स्वतन्त्रताको विगतका सात दशकमा सात/सात वटा संविधान जारी भए, पाच पटक राजनैतिक व्यवस्था परिवर्तन हुँदा मुलुक संविधान र राजनैतिक व्यवस्था परिक्षणको प्रयोगशाला मात्रै भएको जिकिर गरे । उनले भने,‘नेपालको स्वतन्त्रताको विगतका सात दशकमा सात/सात वटा संविधान जारी भए, पाच पटक राजनैतिक व्यवस्था परिवर्तन, दुईवटा संविधान सभा निर्वाचन, २०४७ साल यता २६ पटक प्रधानमन्त्री वनाईएका पृष्टभूमीमा मुलुक संविधान र राजनैतिक व्यवस्था परिक्षणको प्रयोगशाला मात्रै भयो । उनले धेरैे प्रश्न आम नेपालीका मनमा शुल जस्तै भएर उव्जिरहेको समेत बताए ।

कार्यक्रम संचालन गर्दै महासचिव डा.हरिहर प्रदिप घिमिरेले नेपाल धर्मको उद्गम स्थल र सनातनी संस्कार तथा सभ्यताको पुण्य तपोभुमिमा राजनीतिक दलहरुले जनताको हितमा उल्लेखनिय काम नगरेको आरोप लगाए । उनले भने,‘धर्मको उद्गम स्थल र सनातनी संस्कार तथा सभ्यताको पुण्य तपोभूमि हो नेपाल । नेपालमा सानाठूला दलहरुले राजनीति गरे । हुनु नहुनु भयो, तर नेपाल र नेपालीको हकहीतमा उल्लेख्य केही भएन ।’ उनले राजनैतिक स्थायित्व कायम हुन नसकेको बताए । बस्न्यातले नेपालको संविधानले आन्तरिक रुपमा नेपालका राजनैतिक दलहरुलाई मुलुक लुट्ने र वर्वाद गर्ने कार्यमा टेवा पुगेको बताउदै उनले भने,‘वाह्य रुपमा मुलुक भित्र वैदेशीक स्वार्थ पुर्तिका लागि मार्ग प्रशस्त गरी अन्तराष्ट्रिय रण मैदान बन्ने, वनाउने तर्फको यात्रा तय गराएको प्रस्ट हुदैछ ।’

कार्यक्रममा पिछडा वर्ग किसान संघ तथा राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनका अध्यक्ष राम प्रमोद महतोले अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिक क्षमता वेकम्मा भईसकेका कारण सिमा रक्षाका लागि निहत्या जनताले गोली थाप्नु परेको बताए । ‘सरकारको अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिक क्षमता वेकम्मा भईसकेका कारण सिमा रक्षाका लागि निहत्या जनताले गोली थाप्नु परिरहेको छ ।’ उनले भने, ‘जय सिंह धामी जस्ता गांस, वास र कपासको तलासमा निस्केका सिमावर्ती क्षेत्रका जनताले विदेशी सुरक्षा फौजवाट अमानवीय, अकल्पनीय मृत्यूवरण गर्नु परिरहेको छ ।’

सर्वमान्य नेता तथा अध्यक्ष किसोरी महतोले ७२ सालको संविधानले सामाजिक सदभावका जगहरु खलबलाईरहेको आरोप लगाए । सरकार र संवैधानिक निकायहरुलाई निकम्मा पारिएका कारण गोविन्द गौतम जस्ता निहत्या जनताले गोली थाप्नु परिरहेको उल्लेख गरे ।

हाम्रो नेपाल पार्टी तथा राष्ट्रवादी प्रजातान्त्रीक आन्दोलनका अध्यक्ष भैरव बहादुर कार्कीले कार्यक्रममा बोल्दै मूल्यहीन राजनीति र अनुत्तरदायी नेतृत्व प्रवृत्तिका पन्जाबाट देशलाई मुक्त गराउनु जरुरी रहेको बताए । मुलुकको पहिचान, परापूर्वकालदेखीका प्रथा, नेपालको भूराजनीतिक अवस्थामा संवैधानिक राजसंस्था, प्रजातन्त्र र सनातन हिन्दुअधिराज्य नै मुलुक सुहाउदो वैकल्पिक राजनैतिक अवधारणा भएको उनको भनाई थियो । उनले भने,‘एकताका प्रतिक राजसंस्था, राष्ट्रिय सेना र नागरिक बल नै अबको बैकल्पिक शक्ति हुन ।’ मुलुकको आफ्ना सनातनी मुल्यमान्यता, ऐतिहासिक धरोहर, परम्परा र अवशेषलाई ध्वंस्त गरेर वर्तमान र भविष्यको वाटो पहिल्याउन नसकिने उनले बताए । उनले जनताको रगतको होलीमा रमाउने प्रवृति र दुस्सहास कायम रहेमा २०४७ सालको संविधान पुनस्थापनाका लागि जनता जनार्दनको साथ सहयोगमा जुन सुकै मूल्य चुकाउन पनि पछि नपर्ने अठोटका साथ राष्ट्रवादी प्रजातान्त्रीक आन्दोलन नेपाल अगाडी बढेको समेत जानकारी दिए ।

हिमाली बृद्ध धर्म संरक्षण केन्द्र नेपाल तथा राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनका अध्यक्ष शन्तबहादुर रुम्बाले निशेधको राजनीति, अनौठो राजनीतिक गठवन्धन, नीतिगत चरम भ्रष्टाचार तीन दशकको मूल्यहीन राजनीतिको उपज हो भन्दै विश्व मानवता, आतङ्कवाद तथा स्वतन्त्र देशको हक अधिकारका सन्दर्भमा नेपालले शीर ठाडो गरेर राख्न सकिने तथ्यगत यक्ष प्रश्नहरु उत्पन्न भएको जिकिर गरे । उनले राजनितिक दलहरुले राज्यका स्रोत साधन र सम्भावनाहरुको दोहन गरिरहेको समेत आग्रह गरे । रोग, भोग र वेरोजगार व्यवस्थापनका नाममा ऋणको भार झन झनै चुलिदै आएको उनले बताए ।

कार्यक्रममा वाजिन अलिले पछिल्लो समयमा विकास र सुधारका नाममा गुठी, मठ मन्दिर समेत सुरक्षित नरहेको बताए । कोभिड–१९ त्रासका नाममा वह्र्म लुट, सडक र सदन सवै कव्जा भएको भन्दै सरकार र प्रतिपक्ष को हुन छुटयाउने आधार नै नभएको आरोप लगाए ।

शाही युवा शक्तिका अध्यक्ष मुनेन्द्र राजभण्डारीले वैदेशीक स्वार्थपूर्तिका लागि ल्याईएको संघियता र भ्रष्टाचारको सुनामी(आंधी)लाई मुलुकले धान्न नसक्ने स्पष्ट पारे । उनले संघीय समाजवादका नाममा नियुक्ती र अवसर प्राप्तिका क्षेत्रमा भ्रष्ट र झोले कार्यकर्ताहरुको नियुक्तीले संवैधानीक प्रावधानहरुलाई गिज्याईरहेझै लाग्ने समेत बताए । भण्डारीले ७२ को संविधान मार्ग विध्वंसमा सफल तर मुलुको पहिचान र संस्कृतिको संरक्षण संवध्र्दन तथा भविष्यको मार्ग पहिल्याउन असफल सावित भएको स्पष्ट पारे ।

गुठि वाहावहिल प्रमुख हेम रन्त शाक्यले वाह्य शक्तिका दवाव र प्रभावमा तत्कालको योजनावद्ध षडन्त्रपुर्वक परिस्थितिमा श्री ५ महाराजाधिराज सरकार वाट राजनीतिकदलरुलाई सुम्पिएको जनताको नासो संवैधानिक राजसंस्था सहितको सनातन हिन्दुअधिराज्य अहिलेकै सरकारले पुनःस्थापना गरी विगतको कमी कमजोरीमा आत्मालोचनाका साथ जनता समक्ष क्षमायाचना गरी ससम्मान फिर्ता गरेर मुलुक र जनता प्रतिको दायित्वको वहन गर्न जोडदार माग गरे ।

विर गोर्खाली काभ्रेका शिव प्रसाद हुमागाईले तुलनात्मकरुपले सन्तुलित र सर्वस्विकार्य देखिएको नेपाल अधिराज्यको संविधान २०४७ लाई केही सिमित स्वार्थी व्यक्तिहरुको स्वार्थ, अप्रत्यासीत रुपले प्रतिस्थापीत गरेको आरोप लगाए । उनले भने,‘रातारात जारी गरिएकोे २०७२ को संविधानबाट नेपाली जनताले के के प्राप्त गरे भन्ने प्रश्न सोध्न आज प्रत्येक नेपाली एकजुट भएर किन सडकमा आउनु परिरहेको छ भन्ने विषय नै मुल प्रश्न हो ।’

 



प्रतिक्रिया दिनुहोस्