Logo

क्रिप्टोकरेन्सी कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं, २५ भदौ । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।

पछिल्लो दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र ठगिन सक्ने देखिएको हुनाले त्यस्तो गरेको÷गराएको पाइए प्रचलित कानुनबमोजिम सजाय हुने बैंकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्