Logo

सभामुख सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव आउन सक्छ : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर पार्ने भूमिका खेलेको पनि जिकिर गरे । उनले सभामुखले एमालेले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सूचना जारी नगरेकोमा पनि गुनासो पोखे । उनले सभामुख सापकोटाविरुद्ध आफ्नो पार्टीले महाभियोगको प्रस्ताव ल्याउनसक्ने पनि घोषणा गरेका छन् । तर, आफूहरु भदौ २८ गतेसम्म अदालतको फैसला कुरेर बसेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्