Logo

प्रधानमन्त्री देउवाको प्रतिष्ठा राखिदिएँ, नत्र माईक खोसेर सभामुखमाथि प्रहार गर्थें : एमाले सांसद झा (भिडिओ सहित)



काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका चित्तबुझ्दो नभएको टिप्पणी गरेकी छिन् । सभामुखले संसदीय मर्यादा पालना नगरेको उनको गुनासो थियो । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सभामुख सापकोटा नियम, कानून र संसदीय अभ्यासअनुसार नचलेको पनि टिप्पणी गरिन् । उनले मर्यादापालकले आजको बैठकमा शक्ति प्रदर्शन गर्न खोजेको भन्दै आपत्ति जनाईन् । उनले मर्यादापालकहरुले दमन गर्न नपाउने पनि बताईन् । उनले सत्तापक्षले गरेको दमनकारी व्यवहार भएको बताईन् ।

उनले आजको बैठकमा आफूले सभामुख सापकोटालाई माईकले नै प्रहार गर्न खोजेको सुनाईन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले माईक खोसेकोले आफूले प्रधानमन्त्रीको पनि प्रतिष्ठा राखिँदा सभामुख माईक प्रहार खानबाट रोकिएको उनको भनाई थियो ।

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्